२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भयो : शशांक कोइराला


0
Shares

काठमाडौं, असार २४ । नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुनेमा आशंका बढेको बताउनुभएको छ ।

महामन्त्री कोइरालाले पार्टीको क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको बताउनुभएको हो ।

विभिन्न जिल्लाबाट उजुरीहरु आएको भन्दै उहाँले असार महिनाभित्र क्रियाशील सदस्य नटुंगिएमा महाधिवेशन प्रति आशंका पैदा हुने बताउनुभयो । क्रियाशिल सदस्य छिटो टुंग्याउनको निम्ति आफुहरुले भरमग्दुर प्रयास गरेको पनि उहाँले बताउनुभयो ।

महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षीय नेताहरुको दौडधुप पनि निकै बढेको छ । आजै पौडेल पक्षीय नेताहरुले बैठक गरेका थिए । रामचन्द्र पौडेल, शशांक कोईराला, शेखर कोईराला, मिनेन्द्र रिजाल लगायतका नेताहरु सहितको बैठकमा पनि पार्टीको क्रियाशिल सदस्य कसरी टुंग्याउने भन्ने विषयमानै छलफल भएको महामन्त्री कोईरालाले बताउनुभयो । क्रियाशील सदस्य टुंगो नलगाईकन महाधिवेशनमा जान नसकिने उहाँको भनाई छ ।