
फाइल फाेटाे
तनहुँ, असार २४ । पहिरोमा परी तनहुँमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रिसिङ गाउँपालिका– ७ दधिवनका ५२ वर्षीय देवीसरा थापा रहेकी छन् । निरन्तरको वर्षाका कारण बिहीबार बिहान पहिरो जाँदा भाग्ने क्रममा थापाको पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
पहिरोमा परी रिसिङ गाउँपालिका– ८ माझकोटका ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् । थापाको दिनभरि स्थानीय र प्रहरीले खोजी गरेपनि फेला पार्न नसकेको डिएसपी तिमिल्सिनाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्