
काठमाडौं, असार २५ । नेकपा माओवादी केन्द्रले ‘पार्टी खारेजीको माग’ गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गर्नेहरुलाई ‘अवसरवादी र अनैतिक तत्व’ को संज्ञा दिएको छ ।
माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका रामबहादुर थापा सहितका नेताले दिएको पार्टी खारेजीको निवेदन दर्ता गरेकोप्रति पनि माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले त्यस्तो हर्कत गर्नु हास्यास्पद देखिएको बताउनुभएको छ ।
केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन मनसायले राखेको पनि विज्ञप्तीमा छ ।

प्रतिक्रिया दिनुहोस्