४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


वायुसेवा निगम बचाउन पूर्वप्रधानमन्त्री भट्टराईको अपीलः निजीकरण ‘क्रोनी क्यापिटालिज्म’को नग्न रुप


0
Shares

काठमाडौं, असार २७ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई निजीकरण हुनबाट जोगाउन सार्वजनिक अपील गर्नुभएको छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहनुभएका भट्टराईले निजीकरण गर्न लागेको भन्दै प्रधानमन्त्री केपी ओली र सरकारको आलोचना पनि गर्नुभएको छ ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् सार्वजनिक अपील गर्दै भट्टराईले निगमलाई निजीकरण गर्ने सरकारी प्रयास ‘निन्दनीय र घृणित’ कदम भएको टिप्पणी गर्नुभएको छ ।

भट्टराईले लेख्नुभएको छ, ‘नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान कामचलाउ ओली सरकारबाट जुन प्रपञ्च हुन गइरहेको छ, त्यो अत्यन्त निन्दनीय र घृणित रहेको छ । यसको भित्री अभिष्ट भनेको उनको नजिकका दलाल पुँजीपतिहरुलाई नै संस्थान पोस्नु रहेको छ ।’

‘क्रोनी क्यापिटालिज्मको यो भन्दा नग्नरुप अरु के हुन सक्छ ?’ भन्ने प्रश्न गर्दै भट्टराईले लेख्नुभएको छ, ‘आफू सरकारमा रहने अनि आफैले उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेहरुलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरु नियुक्त गर्ने, तिनीहरुबाट हुने नहुने अनेकौं क्रियाकलापहरु गराउने र संस्थानलाई धरासायी तुल्याएपछि संस्थान चलेन भनेर संस्थानको बचेखुचेको सम्पत्तिलाई कौडीको मूल्यमा निजीकरणको नाममा आफ्ना निकटस्थ दलालहरुलाई बिक्री गर्ने जुन षड्यन्त्र भैरहेछ त्यो कुनै पनि हालतमा नेपाली जनतालाई सह्य छैन ।’

सरकारलाई पाँच प्रश्न गर्दै भट्टराईले यति ठूलो संस्थानलाई निजीकरण जस्तो दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अधिकार कामचलाउ सरकारलाई नभएका सचेत तुल्याउँदै भन्नुभएको छ, ‘कर्मचारीहरुको न्यायपूर्ण मागलाई स्वीकार गर्ने र निजहरुउपरको दमन बन्द गरी निजीकरणको यो गलत प्रक्रियाबाट सरकार तुरुन्त पछि हट्न र यस गलत कार्यमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन म हार्दिक अपील गर्दछु ।’

यस्तो छ, भट्टराईले गर्नुभएको अपील,