२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

सुनको मूल्य स्थिर


0
Shares

काठमाडौं, असार २७ । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ नै तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएकोे छ ।

यस्तै आइतबार चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।