
काठमाडौं, असार २७ । साताको सुरुको दिन आइतबार शेयर बजारमा उछाल आयो ।
बजारमा एकै दिन ७३ अंकको बृद्धि आउँदा कारोबार पनि ८ अर्ब माथि पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ७३ अंकले बढेर २८ सय ९८ अंक पुग्यो ।
यस दिन सबै समूहमा हरियाली छायो । जीवन बीमा समूहमा सबैभन्दा उच्च ४ सय ९८ अंकको बृद्धि आयो । निर्जीबन बीमा र विकास बैंक दुवै समूह ३ सय ५५ अंकले उकालो लागे ।
वित्त समूह १ सय ८१ अंकले बढ्दा लघुवित्त समूह पनि १ सय ३२ अंकले उक्लियो ।
उत्पादनमूलक समूह ९३ अंक र होटल तथा पर्यटन समूहमा ७१ को बृद्धि आउँदा जलविद्युत, व्यापार र वाणिज्य बैंक पनि दोहोरो अंकले सुधारिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २५ कम्पनीको ३ करोड १६ लाख बराबर कित्ता शेयर ८ अर्ब ६ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्