१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


अब खोप कार्यक्रम नियमित सञ्चालन हुने


0
Shares

काठमाडौं, असार २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम उमेर समूह अनुसार नियमित रुपमा सञ्चालन गर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले चीनबाट खरिद गरिएको भेरोसिल खोप नियमित रुपमा लगाउन सुरु गरिने बताउनुभयो । खोप प्राप्त भए अनुसार जिल्ला खोप समन्यय समितिले खोपको तालिका अनुसार खोप दिने हुँदा आफ्नो पालो अनुसार खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले चीनवाट ४० लाख डोज भेरोसेल खोप खरिद गरेको छ । हालसम्म ८ लाख डोज खोप प्राप्त भईसकेको छ भने प्रत्येक हप्ता आउने गरी ४० लाख डोज खोप ल्याउने कार्यक्रम रहेको पनि मन्त्रालयले जनाएको छ ।

चीनबाट आउने खोपले २० लाख जनसंख्यालाई पुग्ने छ ।