
काठमाडौं, असार २७ । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा शंख फुकेर विरोध प्रदर्शन गरेका छन् ।
विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियू, जनता समाजवादी पार्टीको उपेन्द्र यादव निकट समाजवादी विद्यार्थी युनियन र अखिल(छैठौँ) ले आइतबार प्रतिगमन, पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि, भ्रष्टाचार र कुशासनका विरुद्धमा आइतबार माइतीघरमा भेला भई शंखफुकी विरोध जुलुस निकालेका हुन् ।
विद्यार्थीहरुले शंख फुक्दै विरोध जनाएका थिए भने हाम्रो आन्दोलन जारी छ, मण्डलेहरु होशियार, तानाशाही केपी ओली मुर्दावाद, विद्यार्थी एकता जिन्दावाद लगायतका नारावाजी समेत गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्