१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा बिजुली चम्केको दृश्यसँग सेल्फी खिच्ने क्रममा चट्याङ लाग्दा ११ जनाको मृत्यु


0
Shares

एजेन्सी । भारतको जयपुरमा चट्टयाङ लागेर ११ जनाको मृत्यु भएको छ ।

घटनामा थुप्रै घाइते भएका छन् । भारतको राजस्थानको जयपुरमा रहेको अमीर किल्लामा बिजुली चम्केको दृश्यका साथ सेल्फी खिच्ने क्रममा चट्याङ लागेर ११ जनाको मृत्यु भएको हो ।

अमीर किल्लाको वाच टावर घुम्न गएका भारतीय पर्यटकहरु भारी बर्षाकाबीच बिजुली चम्केको सेल्फी लिने क्रममा उक्त घटना भएको बताइएको छ ।

सोही क्रममा बिजुली चम्केपछी सो टावरबाट हाम फालेका केही घाइते भएका छन् । घाइतेमध्ये ८ जना बालबालिका रहेका छन् ।

यसैबीच राजस्थानका मुख्यमन्त्री अशोक गहलौतले घटनाप्रति दुख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

यसअघि गत बर्ष उत्तर प्रदेशमा चट्टयाङ लागेर ४२ जनाको मृत्यु भएको थियो ।