१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चको फैसलाले संविधान, संसद र लोकतन्त्र जोगायो : माधव नेपाल


0
Shares

काठमाडौं, असार २८ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले दोस्रोपटक गरेको फैसलाले नेपालको संविधान, संसद र लोकतन्त्र जोगाएको प्रतिक्रिया दिनुभएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसला सार्वजनिक भएसँगै उहाँले उक्त प्रतिक्रिया दिनुभएको हो ।

यसले आम नेपालीले गरेको अपेक्षा अनुसार अदालतले आफ्नो गरिमालाई उँचो बनाएको समेत नेपालले उल्लेख गर्नुभएको छ ।