
काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै यसबाट विधिको शासन बचेको टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि सञ्चारकर्मीहरुसँग देउवाले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको बताउनुभयो ।
अदालत कसैको धम्कीदेखि नडराउने भन्दै देउवाले भन्नुभयो, ‘निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ ।’
फैसलाले स्वतन्त्र न्यायपालिका र संविधान बचाएको भन्दै देउवाले गठबन्धन दलका नेताहरुसँग छलफल गरेर सरकार गठनसम्बन्धि निर्णय गरिने पनि जानकारी दिनुभयो । यसका लागि आजै साँझ गठबन्धन दलको बैठक बस्दैछ ।
अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश नै जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्