८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चडेपानी गाउँ थप सात दिन ‘सिल’


0
Shares

बैतडी, असार २८ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ को चडेपानी गाउँलाई थप सात दिनका लागि सिल गरिएको छ ।

सोमबारदेखि आगामी साउन ३ गतेसम्मका लागि चडेपानीलाई सिल गरिएको जनाइएको छ ।

यसअघि असार २१ देखि असार २७ गतेसम्मका लागि सो गाउँलाई सिल गरिएको थियो । गाउँमा संक्रमितको संख्या नघटेकाले विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय गरेको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तले जानकारी दिनुभयो ।