१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चको फैसलाले ओलीको मनपरीतन्त्रलाई परास्त गर्‍यो : देवेन्द्र पौडेल


0
Shares

काठमाडौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी ओलीको मनपरीतन्त्रलाई परास्त गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि नेता पौडेलले समाजिक सञ्जालमार्फत ओलीको कुनै विकल्प छैन भन्नेहरुका लागि सर्वोच्चले गतिलो सवक सिकाएको बताउनुभयो ।

‘राजसंस्थालाई निर्विकल्प भनेजस्तो गरी विगत ३ वर्षदेखि केही स्वघोषित वुज्रुकहरुले ओलीको कुनै विकल्प छैन, सबै कुरा सेटिङमा भएको छ र हुनेछ भन्दै निकै भ्रामक प्रचार गरेका थिए’ पौडेलले भन्नुभयो, ‘उनीहरुले गरेको मनपरीतन्त्रलाई रोक्न सम्मानित सर्वोच्च अदालतले सही निर्णय छ ।’

सर्वोच्च अदालतको फैसलाले संविधानको सर्वोच्चता, जनताप्रति उत्तरदायि शासन व्यवस्था र जनताको प्रतिनिधिसभाको रक्षा गर्नुको साथै लोकतान्त्रिक निरंकुशताको नवअवतारलाई अस्वीकार गरी विधिको शासन स्थापना गरेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक सन्तुलनलाई दुरुपयोग गरेर लोकतन्त्रको नाममा गैर–लोकतान्त्रिक प्रवृति देखाए त्यसलाई रोक्न अदालत सफल भएको उहाँको दाबी छ ।