१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतीय ट्रकबाट २५० किलो गाँजा बरामद


0
Shares

पर्सा, असार २८ । वीरगञ्जबाट प्रहरीले २ सय ५० किलो लागु औषध गाँजा बरामद गरेको छ ।

एच आर ५५ एम २२०९ नम्बर भारतीय कन्टेनरमा भारततिर गाजा लैजाँदै गर्दा वीरगञ्ज–२४ स्थित आईसीपी जाने सडकबाट गाजा बरामद गरेको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट ल्याइएको गाजा ट्रकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । बरामद गाजा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।