
काठमाडौं, असार २८ । रेष्टुरेन्ट तथा होटल व्यवसायीले सरकारले रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गरेको गुनासो गरेका छन् ।
रेष्टुरेन्ट तथा होटल व्यवसायी संघ (रेबान) ले सोमबार पत्रकार सम्मेलन गरि सरकारबाट पाउनुपर्ने कुनै पनि प्रकारको सहुलियतपुर्ण कर्जा नपाएको, पुर्नकर्जा नपाएको र बजेटमा समेत कुनै पनि व्यवस्था नगर्दा रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गरिएको बताएका हुन् ।
संघका अध्यक्ष अरनिको राजभण्डारीले कोरोनाले व्यवसाय शिथिल पारेको समयमा सरकारबाट पाउने कुनै पनि प्रकारको सहुलियतपुर्ण कर्जा नपाएको गुनासो गर्नुभयो ।
बैंकको ब्याजदरको पुनर्तालिकिकरण गरिदिन समेत सरकार समक्ष माग गरेको छ । संघका अनुसार होटल व्यवसायमा १ लाख ५० हजार बढि श्रमीक आवद्ध रहेका छन् भने दैनिक १२ करोड बढिको कारोबार हुने गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्