२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जनताको जित भयो : सभामुख


0
Shares

काठमाडौं, असार २८ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिनुभएको छ ।

सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद पुनस्र्थापना गर्ने फैसलाले जनताको जित भएको बताउनुभयो । उहाँले संविधान प्रष्ट रहेको भन्दै त्यही प्रष्टताका साथमा अदालतले फैसला गरेको जिकिर गर्नुभयो । फैसलाले राजनीतिक निकास दिएको र राज्यका अंगहरुलाई पनि दिशानिर्देश गरेको सभामुख सापकोटाको भनाइ छ ।

उहाँले नयाँ अध्यायको सुरुवात भएको बताउँदै दलहरुलाई विगतको समिक्षा गर्दै संसदलाई प्रभावकारी रुपले सञ्चालन गर्नका लागि व्यवस्थित र श्रृङ्खलावद्ध योजनाका साथमा अघि बढ्न पनि आग्रह गर्नुभयो । प्रतिनिधि सभा विघटन गरेर राजनीतिक व्यवस्था माथि नै धक्का दिन खोजिएको भन्दै उहाँले अब त्यस प्रकारको खतराको अन्त्य भएको पनि बताउनुभयो ।

सभामुख सापकोटाले अब आफ्नो भुमिका र दायित्व पनि बढेको बताउनुभयो । आफुले संसदको गरिमा र ओझलाई बढाउनका निम्ति जिम्मेवारीपूर्वक काम गर्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।