
काठमाडौं, असार २८ । सर्वोच्चको पछिल्लो निर्णयसँगै मुलुकमा बढेको राजनीतिक सरगर्मी बढको छ ।
सरकार परिवर्तन भएपनि सरकारी नीति परिवर्तन नभइदिए काम गर्न सहज हुने निजी क्षेत्रले जनाएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सानो अर्थतन्त्र भएको मुलुकले यस्तो अस्थिरता थेग्न नसक्ने बताउनुहुन्छ ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ कोभिडले थला पारेको अर्थतन्त्रलाई राजनैतिक अस्थिरताले थप असर गर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्नुहुन्छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले राजनैतिक विषयमा जानकार नभएको भन्दै बोल्न आवश्यक नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्