२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चप्पल उद्योगमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा (अपडेट)


0
Shares

परासी, असार २८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित नदवामा रहेको एक चप्पल उद्योगमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा आएको छ ।

मिलानो एक्सन पोलिमर्स नामक चप्पल उद्योगमा सोमबार साँझ ६ बजेदेखि लागेको आगो २ घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनुभयो ।

उद्योगमा वल्डिङको काम गर्ने क्रममा निस्केको झिल्को नजिकै रहेका केमिकलहरूमा सल्केपछि आगलागी भएको उद्योगका कर्मचारीले बताएका छन् । उद्योग परिसरमा केमिकलका ड्रम बढी राखिएकाले त्यसैमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको थियो ।

आगलागीपछि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीसहित रूपन्देही र नवलपरासीका ४ वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए । क्षतिको विवरण आउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिनुभयो ।