
web pic
बागलुङ, असार २९ । बागलुङको गलकोटमा चितुवाको आक्रमणबाट एकजना युवा घाइते भएका छन् ।
बागलुङ गलकोट नगरपालिका वडा न. ८ काँडेबासका ३७ वर्षीय रवीन दर्लामी चितुवाको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
घर नजिकैको छिमेकीको खाली घरमा राखेको हलो लिन गएको बेला दर्लामीलाई चितुवाले आक्रमण गरेको बताइएको छ । घाइते दर्लामीको हात, घाँटीमा चोट लागेको छ । दर्लामीलाई उपचारको लागि गलकोटको हटिया स्थित आरोग्य हस्पिटल लगिएको छ । चितुवा खाली घर भित्रै रहेको आशंका गरिएको छ ।
चितुवा घरमा भए नभएको बारे बुझ्न प्रहरी नायब निरीक्षक बाबुराम पुरीको कमाण्डमा ५ जनाको प्रहरी टोली उक्त स्थानमा पठाइएको हवारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्