१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकै पटक पाँच मन्त्रालयको जिम्मा पाएर नयाँ अनुभव गरे : मन्त्री श्रेष्ठ


0
Shares

काठमाडौं, असार २९ । मन्त्री कृष्णगोपाल श्रेष्ठले एकै पटक पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको बताउनुभएको छ ।


मन्त्री श्रेष्ठले ‘पाँच मन्त्रालयबाट एकै दिन बिदाई हुँदा सबै क्षेत्रमा आमुल परिवर्तन गर्ने सोच थियो तर बकम समय भएकोले सम्भाव भएन जति सम्पन्न गरे त्यसमा अति खुसी लागेको छ । सबै मन्त्रालयको बारेमा सिक्ने मौका पाए, एकै पटक पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको छु’भन्नुभयो ।

मन्त्री श्रेष्ठले मंगलबार शिक्षा, विज्ञान तथा प्रबिधि, स्वाथ्य तथा जनसंख्या, वन तथा वातावरण, युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालयमा बिदाई हुनुभएको हो ।

स्वाथ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीको कारण काम गर्न सहज भएको बताउनुभयो ।

त्यस्तै तीन मुलुकबीचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई लाई नगद पुरस्कार, वीर अस्पताल परिसरमा रहेको केन्द्रीय कोभिड युनिफाइड अस्पताल सिलान्यास गर्न सफल हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शिलान्यास गर्नुभएको थियो ।

मन्त्री पदको कार्यभार सम्हाले लगत्तै सबै मन्त्रालयको जिम्मेवारी वाडफाड गर्नुभएको थियो । गत असोज २९ गतेबाट शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री श्रेष्ठले २ महिना १४ दिन शहरी विकास मन्त्रालयमा रहदा महत्वपुर्ण काम गर्नुभएको थियो ।

पुस १२ गतेबाट शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्नुभएका मन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयका अन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गतवर्ष स्थयिगत कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नुभएको थियो ।

मन्त्री श्रेष्ठको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सहितका पदाधिकारी नियुक्ति गर्नुभएको थियो । त्यस्तै सिटिइभिटी र विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, दिल्लीरमण पुस्तकालय प्रमुख लगायत एकदर्जन बढी निकायका रिक्त पदाधिकारी नियुक्ति गर्नुभएको थियो ।

करिब ९ महिना शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दा उहाले शिक्षा क्षेत्रको विभिन्न महत्वपुर्ण काम गर्न सफल हुनुभएको थियो ।

बदाई कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रीको कार्यशैलीबाट आफु खुसी भएको प्रतिक्रिया दिदै मन्त्रीको कारण शिक्षामा धेरै काम गर्न सफल भएको बताउनुभयो ।

तीनदिन अघि मात्रै विज्ञान मन्त्रालयको कार्यभार सम्हाल्नुभएका विज्ञान सचिव सुरेश आचार्यले मन्त्रीको कार्यशैलीको बारेमा आफुलाई जानकारी भएको बताउनुभयो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यैपाने, श्रम मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम, वन मन्त्रालयका सचिव प्रेम कँडेल, स्वाथ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयका सचिवद्धय रामप्रसाद थपलिया र सुरेश आचार्यले शुभकामना व्यक्त गर्नुभएको छ ।