
चितवन, असार ३० । इमेज च्यानलका चितवन संवाददाता डोलराज रानाभाटलाई यो वर्षको युवा पत्रकारिता पुरस्कार २०७८ प्रदान गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट आह्वान गरेको मनोनयनबाट रानाभाटसहित चार जनालाई बुधबार पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारको राशि प्रति व्यक्ति ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले एक महिला सहित चार जनालाई पुरस्कार प्रदान गरिएको बताउनुभयो ।
१० वर्ष अघि रेडियो पत्रकारिताबाट प्रवेश गर्नुभएका रानाभाट अहिले इमेज च्यानलको चितवन संवाददाता हुनुहुन्छ । रानाभाट सहित अर्घाखाचीबाट राधा नेपाली, धनुषाबाट शिव अधिकारी र सिरहाबाट अजय शाह पनि पुरस्कृत हुनुभएको छ ।
युवाहरुको विषयमा कलम र क्यामेरा चलाउने पत्रकारहरुलाई थप प्रेरणा मिल्ने उद्देश्यले मन्त्रालयले वर्षेनी यो पुुरस्कार दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्