
काठमाडौं, असार ३१ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री देउवालाई भेट गर्न राजदूत बेरी बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमै पुग्नुभएको हो ।
आफ्नो ट्वीटर ह्याण्डलमार्फत् भेटको तस्वीरसँगै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारी थप सुदृढ गरिने उल्लेख गर्नुभएको छ ।
यसअघि मंगलबार नै राजदूत बेरीले प्रधानमन्त्रीको शपथ सकिनासाथ सामाजिक सञ्जालमार्फत् देउवालाई बधाई दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्