
काठमाडौं, असार ३१ । साउनबाट सबै यातायात सञ्चालनमा आउने र त्यसपछि विद्यार्थीहरु क्याम्पस तथा परीक्षा नियन्त्रण कार्यालयको सम्पर्कमा आउने अपेक्षा गरिए पनि त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम र दोस्रो वर्षका विद्यार्थी अझै सम्पर्कमा आएका छैनन् ।
पुरानो प्रथम वर्षको छुटेका परीक्षार्थीको फारम भर्ने म्याद बिहीबारबाट सकिएको छ । भौतिक रुपमा असम्भव रहेकाले अनलाइनबाट फारम भर्ने व्यवस्था गर्दा पनि केही परीक्षार्थीले फारम भर्न सकेका छैनन् ।
त्यस्तै घरपायक परीक्षा केन्द्र रोज्न पाउने व्यवस्था भएपनि अधिकांश विद्यार्थीले परिवर्तन गर्न नसकेको गुनासो परीक्षा नियन्त्रण कार्यालयमा पुगेको छ । अनलाइ तथा भौतिक रुपमा फारम भर्ने परीक्षार्थीको संख्या छानविनको प्रत्रियामा रहेकाले यकिन हुन सेकको छैन ।
प्रथम वर्षको परीक्षा साउन १० गतेबाट हुँदैछ । कोरोनाका कारणले स्थगित दोस्रो वर्षको परीक्षाको समेत घरपायक केन्द्र छान्न पाइने भएपनि विद्यार्थी अलमलमा परेका छन् । प्रथम र दोस्रो वर्षमा गरि ५ लाख परीक्षार्थी रहेका छन् । ग्रामिण भेगमा इन्टरनेटको सुविधा नहुँदा र क्याम्पससम्म पुग्न यातायात नखुल्दा विद्यार्थी समस्यामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्