
तस्बिर फाइल
काठमाडौं, असार ३१ । राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारीको घुँडाको चोटको शल्यक्रिया भएको छ ।
उनको कतारको दोहास्थित अस्पेटार अस्पतालमा सफल शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । सावित्राले गत महिला लिगका दौरान चोट बोकेकी थिइन् ।
सशस्त्र प्रहरीको एपीएफबाट खेल्दै आएकी सावित्राको दायाँ खुट्टामा लिगामेन्ट च्यातिएको थियो । एपीएफले नै उपाधि जितेको लिगमा सावित्राले १० खेलमा ४३ गोल गर्दै उत्कृष्ट फरवार्ड चुनिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्