४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


शेयर बजारमा दोहोरो अंकको सुधार


0
Shares

काठमाडौं, असार ३१ । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो ।

कारोबार पनि औसत दिनका तुलनामा सुधारियो । उतारचढाव बिच बजार परिसुचक नेप्से ११ अंकले उकालो लागेर २८ सय ८३ बिन्दुमा पुग्यो ।

यसदिन आधाजसो समूह उकालो लागे भने आधा समूह ओरालो लागे । यसदिन जलविद्युत समुह सबैभन्दा उच्च ५६ अंकले उकालो लाग्यो । वित्त, लघुवित्त, निर्जीबन बीमा र व्यापार समूह पनि दोहोरो अंकले सुधारिए ।

वाणिज्य बैंक सामान्य अंकले हरियो रह्यो भने सामुहिक लगानी कोष नगन्य अंकले मात्र हरियो रह्यो । अरु समूह ओरालो लागे ।

होटल तथा पर्यटन समुहमा ५० अंकको गिरावट आउदा जीवन बिमा समुह पनि ४३ अंकले ओरालो लाग्यो । विकास बैंक समूह दोहोरो अंकले झर्दा अरु सामान्य अंकले रातो रहेका हुन् ।

यसदिन १ सय १५ कम्पनीको शेयर मुल्य बढ्दा ५४ कम्पनीको शेयर मुल्य घट्यो । नादी हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढि कमाउदा कृषी विकास बैंकको ऋणपत्रका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको ५ करोड ८५ लाख कित्ता शेयर ८ अर्ब १४ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।