२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राजनीतिक उथलपुथलको मारमा आर्थिक क्षेत्र


0
Shares

काठमाडौं, असार ३१ । चालु आर्थिक वर्षमा कोरोनाका कारण भएको निषेधाज्ञा तथा लकडाउनले गर्दा आर्थिक क्रियाकलापले पनि गति लिन नसक्दा आर्थिक क्रियाकलापमा सुधार हुन सकेन ।

यद्यपी यस वर्ष आर्थिक वृद्धिद्धर २ प्रतिशतसम्म हुने केन्द्रिय तथ्याकं विभागले प्रक्षेपण गरेको छ । यसै अवधीमा १५ लाखबढिले रोजगारी गुमाएको र गरिबीको दर पनि ३४ प्रतिशत नजिक पुगेको राष्ट्रिय योजना आयोगको तथ्याकं छ । यस बर्ष पनि पूँजीगत खर्च दयनीय रह्यो ।

पुँजीगतखर्च ६४ प्रतिशतको हाराहारीमा खर्च भएको छ । त्यो पनि साता दिन अघिसम्म ४७ प्रतिशत खर्च भएकोमा पछिल्ला दिन खर्च बढेको हो । असारे विकासले खर्च बढाएको हो । यस अवधीमा राजस्व संकलनको संशोधित लक्ष्य समेत जम्मा ९० प्र्रतिशत मात्रै पुरा भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधीमा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रिएको छ । यद्यपी शोधनान्तर
स्थतीभने १५ अर्ब १५ करोडले घाटामा रहेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तमै वैदेशिकव्यापार घाटाको आकार पनिबढेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामने अवधीमा वैदेशिकव्यापार घाटा १२ खर्ब ६२ अर्ब पुगेको छ । यस अवधिमा वैदेशिक ऋणको आकार समेत बढेर १५ खर्ब नाघेको छ । यस वर्ष आर्थिक दृष्टिकोणले त्यती उपलब्धिमुलक मान्ननसकिने अर्थविद् डा. विश्वम्भर प्याकुरेलको तर्क छ ।

राजनितिक परिवर्तनसंगै मुलुकले नयाँ अर्थमन्त्री पाएको छ । कोभिड नियन्त्रण गरि आर्थिक पुनर्उत्थानका लागि जोड दिनुपर्ने अर्थविद् डा. प्याकु¥यालको भनाई छ ।

सरकारले आर्थिक पुनरुत्थानका लागि ल्याएको सहुलियतपुर्ण कर्जा पनि प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन । यस अवधिमा राष्ट्रिय गौरवका आयोजना मेलम्ची र तामाकोशी जलविद्युत आयोजना करिब सकिएका छन् । चालु आर्थिक वर्षको अन्तिम दिनसम्म शेयर बजारमा लगानीकर्ताको आकर्षण भने देखिनै रह्यो ।