
काठमाडौं, साउन १ । नेपालमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
यो हप्ताको शुरुआतमा मृतक घटेकामा फेरि बढ्दै गएका छन् । शुक्रबार ४३ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २९ सय ३६ संक्रमित थपिए पुगेको छ । कोरोनाका संक्रमित पनि बढ्दै गएका छन् ।
शुक्रबार १४ हजार १ सय ८२ जनाको परीक्षणबाट २९ सय ३६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ९ हजार ६ सय १३ जनाको पीसीआर परीक्षणबाट २ हजार ६ अर्थात परीक्षणको २१ प्रतिशतमा संक्रमण भएको हो ।
थपिएकामा काठमाडौंका ३ सय ४३, मोरङ्गका २ सय ८४, झापाका १ सय ५१, कास्कीका १ सय ३८, ललितपुरका १ सय ३६ तथा भक्तपुरका ६२ जना हुन् ।
सक्रिय संक्रमित बढेर २६ हजार ८ सय २७ पुगेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, सुर्खेत, मोरङ्ग, झापा र सुनसरीमा सक्रिय संक्रमित पाँच सय भन्दा बढी छन् । शुक्रबार १७ सय ७५ जनामात्र संक्रमणमुक्त भएका छन् । नेपालमा कुल संक्रमितको ९४ दशमलव ५ प्रतिशतलाई निको भएको छ ।
प्रतिक्रिया दिनुहोस्