१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विपदबाट तीन महिनामा १४० जनाको मृत्यु


0
Shares

काठमाडौं, साउन १ । यस वर्षको पहिलो ३ महिनामा बाढी पहिरो, वर्षा, आगलागि लगायतका विपदमा परि १ सय ४० जनाको मृत्यु भएको छ ।

करिब २ हजार वटा विपदका घटनामा ५६ करोड ६४ लाख बराबारको क्षति भएको छ भने १५ सय आठ घरपरिवार प्रभावित भएका छन् । त्यस्तै ३६ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा सोह्र लाख बराबारको क्षति भएको छ भने १ जनाको मृत्यु र ३ जना घाइते भएका छन् । सरकारले विपदको लागि पूर्व तयारी गरेको र सामना गर्न तयार रहेको जनाए पनि फिल्डमा भने सरकारको उपस्थिति ढिलो मात्रै देखिने गरेको छ ।