३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


सागमा सहभागि खेलाडीलाई सरकारको शुभकामना


0
Shares

काठमाडौं, मंसिर १० । १३ औं सागमा सहभागि हुन लागेका नेपाली खेलाडीहरुलाई सरकारले सफलताको शुभकामना दिएको छ ।

राजधानीमा मंगलबार अयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सरकारका दुई मन्त्रीहरु अर्थमन्त्री युवराज खतिवडा र खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले राष्ट्र र राष्ट्रियता सम्झेर खेल्न खेलाडीहरुलाई आग्रह गरे ।

अर्थमन्त्रीले खेलाडीलाई सागमा पदक जित्न सफल नेपाली खेलाडीहरुलाई यसअघि व्यवस्था गरिएकोभन्दा बढी पुरस्कार दिने घोषणा गरे ।

मन्त्री खतिवाडाले नेपालको राष्ट्रिय खेल भलिबलका लागि अत्याधुनिक कभर्ड हल बनाउने घोषणा समेत गरे ।

नेपाली खेलाडीहरुलाई प्रोत्साहन दिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन गर्ने तयारी भएपनि उनको स्वास्थ्यमा समस्या आएपछि सरकारकोतर्फबाट अर्थमन्त्री खतिवडाले विशेष सम्बोधन गरेकाहुन् ।  

्यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुने १३ औं सागमा नेपालका पाँच सय ९३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालले सागमा समावेश सबै २८ खेलमा प्रतिस्पर्धा गर्दैछ ।

यसअघि सन् १९९९ मा काठमाडौंमा आठौं दक्षिण एसियाली खेलकुद आयोजना हुदा नेपालले ३१ स्वर्ण पदकका साथ दोस्रो स्थान हासिल गरेको थियो ।

पदकको हिसाबले यो साग ऐतिहासिक हुने नेपाली टिम तयारी समितिको दावी छ ।