
काठमाडौं, साउन ३ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा नरहने निर्णय गरेको छ ।
आइतबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले देउवालाई कुनै परिस्थितिमा पनि समर्थन गर्न नसकिने निर्णय गर्दै मत दिनेहरु पार्टीमा रहन नसक्ने प्रष्ट गरेको हो ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावले धेरै प्रश्न जन्माएको भन्दै देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने निर्णय गरिएको जानकारी दिनुभयो ।
एमाले विभाजनलाई औपचारिकता दिनकै लागि हतारमा विश्वासको मत लिन खोजिएको ठहर स्थायी कमिटी बैठकले गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी गराउनुभयो ।
पार्टी एकताको रक्षाका लागि कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयनका लागि प्रयास गरिएको भए पनि नेता नेपालले अश्वीकार गरेको उहाँले जानकारी दिनुभयो ।
नेता नेपालले आफू एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभएको ज्ञवालीले पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्