१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सबैलाई कांग्रेसको धन्यवाद, आफ्ना सबै सांसदलाई संसदमा उपस्थित हुन निर्देश


0
Shares

काठमााडैं, साउन ३ । नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेका सबै दल र सांसदलाई धन्यवाद दिने निर्णय गरेको छ ।

संसद भवन बानेश्वरमा दलका नेता एवं प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको बैठकले पार्टीका सबै सांसदलाई अनिवार्य उपस्थित निर्देश पनि दिएको छ ।

आइतबार अपराह्न ४ बजेबाट शुरु हुने पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिन नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने निर्णय गर्नुभएको छ ।

उहाँलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल पक्षीय सांसद, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षीय सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिने निर्णय गरेका छन् ।

देउवाको पक्षमा मत दिन निर्णय गर्ने दल र सांसदलाई धन्यवाद दिने पनि निर्णय गरिएको पनि सचेतक पुष्पा भुसालले जानकारी गराउनुभएको छ ।