
प्रतीकात्मक ।
बर्दिया, साउन ३ । जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
शिवपुरफाँट सामुदायिक वनमा भैंसी चराउन गएका ठाकुरबाबा नगरपालिका वडा नं. ६ का गोरे थापाको शव ओरही खोलाको बाँध नजिकै फेला परेको हो ।
शरीरका विभिन्न भागको मासु खाएको अवस्थामा थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख इश्वर कार्कीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्