
तस्विर फाइल
काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।
आइतबार अध्यक्ष ठाकुरलाई एक पत्र पठाउँदै प्रधानमन्त्री देउवाले आइतबार बस्ने संसद बैठकमा आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो ।
देउवाले ठाकुर पक्षका सबै सांसदको मत दिने व्यवस्था गरिदिन आग्रह गर्नुभएको हो ।

उता, जसपाकै उपेन्द्र यादव पक्षमा भने १७ जना सांसद देखिएका छन् । ती १९ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेका छन् ।
आजको बैठकमा १९ जना सांसद उपस्थित भएकामा दुई जना राष्ट्रिय सभा सदस्य थिए ।


प्रतिक्रिया दिनुहोस्