
काठमाडौं, साउन ३ । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक शुरु भएको छ ।
संसद भवन नयाँबानेश्वरमा शुरु भएको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाइएको छ भने अध्यादेशहरु पेश गरिएको छ । कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाँड, गृहमन्त्री जनार्दन शर्मालगायतले विभिन्न अध्यादेश संसद बैठकसमक्ष पेश गर्नुभयो ।
आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनहुन्छ ।
सर्वोच्च अदालतबाट दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकको दिन नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, नेकपा एमालेका माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष र जनमोर्चाका सांसदले मत दिने निश्चित भएको छ ।
प्रतिक्रिया दिनुहोस्