२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


ओखरियालाई पर्यटकीय विकास गर्न युवा सक्रिय


13
Shares

केशव कोइराला
बर्दिया, साउन ३ । बर्दियाको गेरुवा गाँउपालिका– १ मा रहेको पर्यटकीय क्षेत्र ओखरिया इन्टेकमा हरियाली बढाउन यहाँको युवाहरुको सकृयता बढेको छ । सकृय युवा समाजका युवाहरुले ओखरिया इन्टेकमा केही भौतिक सामग्री निमार्ण गरेपछि स्थानीय सरकारको ध्यान आकर्षित भएको छ ।

३ वर्षभित्र बर्दियाकै दोस्रो पर्यटकीय क्षेत्र बनाउन तीनै तहका सरकारबाट डिपिआर स्वीकृत भई ५ करोड वजेट बिनियोजन भएर यसै आर्थिक वर्षबाट कामले गति लिन थालेको ओखरिया इन्टेक पर्यटकिय क्षेत्रमा युवा समाजले वृक्षारोपण तथा सरसफाई अभियान थालेका छ । अहिले ओखरीया इन्टेक वरपर २ सय ५० बढी विभिन्न जातका वोट विरुवाहरु रोपिएका छन् । गर्मी याममा आउने पर्यटकले शितलता पाउन भन्ने उदेश्यले वृक्षरोपण कार्यको थालनी गरिएको सकृय युवा समाज गेरुवाकी उपाध्यक्ष अर्णीमा केसी बताउनुहुन्छ ।

पर्यटकीय क्षेत्र इन्टेकको सुन्दरता बढाउन युवाहरुले देखाएको सकृयतामा आफुहरुको साथ रहेको भन्दै पर्यटकीय करिडोरका रुपमा विकास गर्नका निम्ती वृक्षरोपण तथा सरसफाई कार्यलाई अभियानका रुपमा अगाडी बढाइने गेरुवा गाँउपालिका वडा नं १ का अध्यक्ष दयाराम बैद्य बताउनुहुन्छ ।

यत्तिकै पनि वृक्षरोपण अपरिहार्य भएको भन्दै ओखरिया इन्टेकमा हरियालीलाई बढाउदै स्वच्छ वातावरण निर्माणका लागि सवैको दायित्व उत्तीकै भएकाले यो अभियानमा सबै सकृय भएर लाग्न सुझाउनु हुन्छ गेरुवा गाउँपालिकाका उपाध्यक्ष हेमा कुमारी थारु ।

पर्यटकीय क्षेत्रको सुन्दरता बढाउन युवाहरुले देखाएको सकृयतालाई सबैले स्वागत गरेका छन् । युवाहरुको यस अभियानप्रति स्थानीय सरकारको पनि ध्यान आकर्षित हुनुले युवाहरुको जोश र जाँगरलाई थप उर्जा प्रदान गरेको छ ।