१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


विश्वासको मत दिएकामा प्रधानमन्त्री देउवाले दिए सबै सांसदलाई धन्यवाद


0
Shares

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिएकामा सबै सांसदलाई धन्यवाद दिनुभएको छ ।

यसअघि, आइतबार अबेर राती सम्पन्न विश्वासको मतसम्बन्धि मतदानमा प्रधानमन्त्री देउवालाई प्रतिनिधि सभाका १६५ सांसदले मत दिएका थिए ।

२४९ सांसद उपस्थित भएको संसद बैठकमा ८३ जनाले भने विपक्ष तथा एक जनाले दिन्न भन्ने पक्षमा मतदान गरेको सभामुख अग्नि सापकोटाले जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावमा भएको मतदानमा प्रधानमन्त्री देउवाका पक्षमा सभाको बहुमतले विश्वासको मत दिएको हो ।

संसद भवन नयाँबानेश्वरमा आइतबार बसेको पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिनको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन प्रस्ताव राख्नुभएको थियो ।

प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधव नेपाल र केपी ओली पक्षकै केही सांसद, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष र जनमोर्चाका सांसदले मत दिएका हुन् ।