
काठमाडौं, साउन ५ । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा भौतिक उपस्थित नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले पार्टीको आगामी १४औं महाधिवेशमा कोरोनाका कारण भौतिक उपस्थित हुन सक्ने अवस्था नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले मंगलबार एक विज्ञप्ती जारी गर्दै ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिइसकिएको जनाएको हो ।
‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्