२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रधानमन्त्रीलाई विज्ञको सुझावः ‘योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्नोस्’


0
Shares

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य क्षेत्रको विज्ञहरुले योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्नेसहितका १८ बुँदे सुझाव दिएका छन् ।

कोभिड–१९ महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव नाममा १६ जना विज्ञले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव पत्र पेश गर्नुभएको हो ।

पहिलो बुँदामै योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्न सुझाव दिँदै उनीहरुले स्वास्थ्य प्रणालीको क्षमता अभिवृद्धि गर्न भनेका हुन् । उनीहरुले क्याबिनेट फेरबदल हुँदा पनि स्वास्थ्यमन्त्री परिवर्तन नगर्न बरु उनलाई जवाफदेही बनाइराख्न भनेका छन् ।

योग्य चिकित्सक र जनस्वास्थ्य विशेषज्ञ सम्मिलित स्वतन्त्र सल्लाहकारको सानो समूह बनाउन प्रधानमन्त्रीसँग माग गर्दै, अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि आग्रह गरेका छन् ।

कोभिडको परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्नुका साथै अक्सिजन उत्पादन र आपूर्ति क्षमतामा वृद्धि गरी शहरका वडा र गाउँपालिकामा अक्सिजन बैंक स्थापना गर्न भनिएको छ । राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहितको सुझाव तथा सल्लाहलाई मान्न पनि भनिएको छ ।

सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत नगरी केही अस्पतालमा उक्त सेवा दिने व्यवस्था गर्न र यस्तो सेवा प्रत्येक जिल्लामा विस्तार गर्न पनि सुझाव दिइएको छ । खोपले पार्ने साइड इफेक्टबारे वडा तहदेखि नै अध्ययन थाल्न पनि भनिएको छ ।

यसरी सुझाव दिने विज्ञहरुमा डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बिसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदी हुनुहुन्छ ।

यस्तो छ सुझाव पत्रः