८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


रावललाई नेपालको सीधा भनाइ–म केही जान्दिँन, पहिले राजीनामा फिर्ता लिनुहोस्


0
Shares

काठमाडौं, साउन ६ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ ।

टोखास्थित रावलको निवासमै पुगेर नेता नेपालले आफूले अरु कुरै नसुन्ने भन्दै दायाँबायाँ नसोची राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा पार्टीभित्र बढेको विवाद र एमाले एकताका लागि आफूहरुले गरेको प्रयास सफल नभएपछि रावलले त्यही क्षण राजीनामा दिनुभएको थियो ।

राजीनामा किन गर्नुभयो भन्ने प्रश्न गर्दै नेता नेपालले रावललाई भन्नुभयो, ‘पहिला राजीनामा फिर्ता गर्नूहोस् । राजीनामा फिर्ता गरेपछि बल्ल अरू कुरा हुन्छ ।’

आफू अरु केही कुरा गर्न नआएको आफ्नो एक सूत्रीय बटमलाइन नै राजीनामा फिर्ता लिनुपर्ने भएको नेता नेपालले दाहोर्याउनुभएको थियो ।
रावलमाथि सुदूरपश्चिमका सांसदहरुले पनि राजीनामा फिर्ता लिन दबाब बढाएका छन् ।

रावलले राजीनामा पेश गरे पनि सभामुख अग्नी सापकोटाले अहिलेसम्म स्वीकृतिको प्रक्रिया थाल्नु भएको छैन ।

रावल बुधबार बसेको नेपाल पक्षीय बैठकमा पनि उपस्थित हुनुभएको थिएन ।