६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


हराएका बालक हप्ता दिनपछि मृत फेला


0
Shares

जुम्ला, मंसिर १२ । पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए ।

उनी आज चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् ।

हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

स्कुल झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका थिए । उनले भने, “उक्त बालकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ । रासस