
एजेन्सी । इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको छ ।
सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हमला गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।
मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको बताइएको छ । उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ । त्यसबाट भएको हताहतको समाचार भने आएको छैन ।
ती आक्रमणबाट के कति मानिस हताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ । केही दिनयतादेखि इजरायलले सिरियामाथि हमला गरिरहेको छ । गत सोमबार मात्र पनि इजरायलले उत्तरी सिरियाली सहर अलेपोमा आक्रमण गरेको थियो । यस विषयमा सिरियाले भने कुनै प्रतिक्रिया दिएको छैन ।
सिरियामा अहिले पनि हिंसा जारी रहेको छ र विभिन्न हिंसात्मक समूहका कारण हजारौ नागरिकको मृत्यु भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्