
तस्बिर फाइल
काठमाडौं, साउन ७ । भाडा बढाउनु पर्ने माग राख्नै आन्दोनलमा उत्रिएका यातायात व्यावसायीहरुले पठाओ चालकमाथि निर्घात कुटपिट गरेका छन् ।
शान्तिपूर्ण भनिएको आन्दोलनका क्रममा ललितपुरको एकान्तकुनामा पठाओका तीन जना चालकमाथि कुटपिट भएको हो ।
आन्दोलनकारीले यात्रु बोकेर आइरहेका पठाओका चालकहरुलाई रोकेर कुटपिट गरेका थिए । यसैगरी काठमाडौंको रत्नपार्कमा पनि पठाओ चालक प्रर्दशनकारीको निशानामा परेका थिए ।
पठाओका चालकमाथि भएको कुटपिटको स्थानीयले समेत बिरोध जनाएका छन् । पठाओका चालकहरुमाथि कुटपिट हुन थालेपछि उनीहरुले पहिचान खुल्ने युनिफर्म समेत लगाउन छोडेका छन् ।
प्रतिक्रिया दिनुहोस्