
काठमाडौं, साउन ७ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ ।
बिहीबारको केन्द्रीय कमिटी बैठकले एमाले एकताको प्रयासलाई थप निरन्तरता दिने र यसका लागि पार्टी अध्यक्षको तर्फबाट पार्टीका सबैलाई समेट्नका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।
उहाँले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतालाई सुदृढ पार्नका लागि एकतामा आउन चाहानेलाई विगतका गल्तीलाई विगतका गल्ती बिर्सेर स्वागत गर्न सकिने बताउनुभएको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
सोमबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई जनताको नजरमा आदर्श बनेर जनताले विश्वास र भरोसा गर्ने नेतृत्वको रुपमा स्थापित निर्देशन दिनुभएको पनि प्रवक्ता ज्ञवालीले बताउनुभयो । जनताले आलोचना गर्ने खालका कुनै गतिविधि नगर्नपनि अध्यक्ष ओलीले निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्