२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


प्रधानमन्त्री देउवामाथि सुवास नेम्बाङको प्रहार: भने–झ्यालमा बसेको बालकलाई गोली हानेर मारेको सम्झना छ


0
Shares

काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै नेकपा एमाले दलका उपनेता सुवास नेम्बाङले देउवासँग लामो उठबस रहेको, कार्यकाल देखेको त्यस्ता हर्कत नहोस् भन्नुभयो ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले देउवाको कार्यकालमा झ्यालमा बसेका बच्चालाई गोली हानेर मारिएको स्मरण गराउँदै, विरोध जनाउन जाँदा सिंहदरबारको गेटमै प्रहरी लगाएर आक्रमण गरेको पनि आक्षेप पनि लगाउनुभयो ।

देउवाप्रति व्यंग्यात्मक रुपमा शब्द प्रहार गर्दै नेम्बाङले देउवाको पूर्ववर्ती कार्यकाल कुनै पनि राम्रो नरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

अघिल्लो पटक पुनर्स्थापित संसदमा सरकारले अध्यादेश पेश गर्न खोज्दा नदिएकाप्रति पनि उहाँले रोष प्रकट गर्दै आफूहरुले त्यस्तो नगरेको उल्लेख गर्नुभयो ।

जनताले सरकारमा जाने जनादेश नदिएको बताउने देउवा अहिले प्रधानमन्त्री भएकामा बधाई दिन उपस्थित हुनु परेको भन्दै नेम्बाङले भन्नुभयो, ‘देउवा संसद, जनताको जनादेशबाट नभई अदालतको परमादेशबाट प्रधानमन्त्री बन्नुभएको हो ।’

अदालतको फैसलाप्रति प्रश्न उठाउँदै नेम्बाङले सर्वोच्च अदालतको फैसलाले दूरगामी असर पारेको उल्लेख गर्नुभयो । यसले शक्ति पृथक्कीकरणको सिद्धान्तमाथि नै प्रहार गरेको उहाँको भनाइ छ ।