१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


सुनको मूल्य वृद्धि


0
Shares

काठमाडौं, साउन ८ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार १सय रुपैयाँ कायम भएको हो ।

बिहीबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले घट्दै ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य समेत बिहीबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।