
काठमाडौं, साउन ८ । चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो ।
निगमको बिमानले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप लिन बिमान शनिबार फेरि बेइजिङ जाने छ । चीनको सिनोफार्म कम्पनीबाट नेपालले खरिद गरेको ४० लाख डोज खोप नेपाल वायुसेवा निगमको विमानले ओसारिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्