
काठमाडौं, साउन ८ । नेकपा एमाले माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै भ्रष्टाचारको शिकार बनेको र प्रताडित भइरहेको बताउनुभएको छ ।
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान शंकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा नेतृ शाक्यले यस्तो बताउनुभएको हो ।
नेतृ शाक्यले लोकतान्त्रिक शक्ति सत्तामा आउँदाको यो बेलामा भ्रष्टाचारले देशलाई डुबाइसकेको बताउनुभयो । पटक–पटक दलका सरकार आएपनि कहिल्यै भ्रष्टाचारको बारेमा छलफल नभएको बताउँदै नेतृ शाक्यले यी कुराहरुमा छलफल गरेर जनताका समस्या समाधान गर्नुपर्ने र नेपाली जनताको सुरक्षा र हकहितका बारेमा छलफल गर्नुपर्ने बताउनुभयो ।
उहाँले सिर्जनाशील युवाहरुलाई किन बाँलदर बनाएर सडकमा ल्याउनुभएको भन्दै प्रश्न गर्नुभएको छ ? उहाँले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको समेत बताउनुभएको छ ।
नेतृ शाक्यले अब कम्युनिष्ट पार्टीभित्र यी तमाम विषयको छलफल हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्