१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिड्नीमा २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु, स्वास्थ्य संकटकाल घोषणा


0
Shares

एजेन्सी । पछिल्लो समय अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या दिनानु दिन बढ्दै गएपछि सिड्नीमा संकटकाल घोषणा गरिएको छ ।

कोरोना महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्न आजदेखि सिड्नीमा संकटकाल घोषणा गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १३६ जना नयाँ संक्रमित थपिएका छन् ।

अष्ट्रेलियाको कोरोना तथ्यांक अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो । संकटकालकाबीच प्रदेश भित्रका सवै सर्वसाधारणलाई खोपको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

सिड्नीमा बिगत एक महिनादेखि लकडाउन जारी रहेको छ । लकडाउन हुँदाहुदै पनि महामारी कम नभएपछि संकटकाल लागु गरिएको हो । अष्ट्रेलियामा कोरानाका कारण हालसम्म ९ सय १६ जनाको मृत्यु भएको छ भने ३२ हजार ५ सय ८८ बढी संक्रमित छन् ।