६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा झण्डै १४ खर्ब नजिक


0
Shares

काठमाडौं, साउन ८ । आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा १३ खर्ब नाघेको छ ।

यस अवधीमा निर्यातमा केही सुधार आएपनि व्यापार घाटाको आकार बढ्दै गएको हो । भन्सार विभागको आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याकं अनुुसार यस अवधिमा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको हो ।

यो अघिल्लो वर्ष भन्दा २८ प्रतिशतले बढि हो । यस्तै गत वर्ष निर्यातको आकार ४४ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा ९७ अर्ब ७ करोडको वस्तु निर्यात भएकोमा आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ४१ अर्ब १२ करोडको वस्तु निर्यात भएको भन्सार विभागको तथ्याकं छ ।

भन्सार विभागका अनुसार यस अवधिमा १५ खर्ब ३९ अर्बको वस्तु आयात भएको छ । यो बर्ष पनि सबैभन्दा बढी पेट्रोलियम पदार्थ २ खर्ब १४ अर्बको आयात भएको छ । यस्तै १ खर्ब ५३ अर्बको फलाम तथा स्टील आयात भएको छ ।

१ खर्ब २३ अर्बको ब्वाइलर्स, मसिन तथा उपकरण, १ खर्ब ७१ करोडको इलेक्ट्रिकल मसिन तथा उपकरण आयात भएको छ । ९७ अर्ब ३७ करोडको सवारीसाधन आयात भएको छ । यस्तै यस अवधीमा साढें ३८ अर्बको तरकारी आयात हुँदा फलफुल तथा मसला २१ अर्ब ३४ करोडको भिज्ञिएको विभागको तथ्यांक छ ।