
ललितपुर, साउन ८ । ललितपुरको गोदावरी नगरपालिकामा स्काउटको दिक्षान्त गर्ने पहिलो नगरपालिका भएको छ ।
देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भएपनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दिक्षान्त कार्यक्तम आयोजना गरेका छैनन् ।
ललितपुरको गोदावरी नगरपालिकामा रहेको नगर स्काउटले नगर प्रमुख सहित उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई दिक्षान्त गरेको छ । नगर स्काउटले बिहीबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख गजेन्द्र महर्जन, उप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवी प्रसाद उपाध्यायलाई दिक्षित गरेको हो ।
दिक्षित पदाधिकारीहरुलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रमका स्काउटका केन्द्रिय संयोजक लोकबहादुर भण्डारीले ओली नेतृत्वको सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा स्काउटको विकास र विस्तारका लागि नितिगत रुपमा निर्णय गरेर प्रक्रिया अगाढी बढाएको बताउदै नयाँ सरकारले त्यसको सफल कार्यन्वयनका लागि जोडदिनु पर्ने बताउनुभयो ।
उहाँले विगतदेखि नै स्काउटले विपद् व्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गदै आएको र स्काउटको आवद्धताले स्वयंसेवा भावनाको विकास मात्र नगरी यो अभियानमा जोडीनेहरुको बौद्धीक, नैतिक र सामाजिक विकाश हुने जिकिर गर्नुभयो । मुलुक संघिय सरचनामा गएसंगै स्काउटको अधिकार स्थानिय तहमा पुगेको बताउदै उनले आगामी दिनमा स्काउटको विकास र बिस्तारका लागि स्थानीय सरकारको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
उहाँले गोदावरी नगरपालिकाले नितिगत रुपमा नै स्काउटका लागि बजेट विनियोजन गरेर देशभरका सबै स्थानीय तहलाई सकारात्मक संदेश दिएकोे जिकिर गर्नुभयो ।
कार्यक्रममा पत्रकार ऋषि धमलाले अनुशासनमा कसरी बस्ने अनुशासन के हो त्यो स्काउटबाट सबैले सिक्नुपर्ने बताउँदै उहाँले आगामी दिनमा सञ्चार जगत र स्काउटले सहकार्य गर्दै स्काउटका गतिविधिहरु जनताको माझ पुर्याउन आफु लगायतका सञ्चारकर्मीहरु तयार रहेको बताउनुभयो ।
त्यस्तै, नेपाल पत्रकार महासघंका महासचिव रोसन पुरीले आगामी दिनमा स्काउट र पत्रकारका महासघंबिच सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । गोदावरीनगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले स्थानीय तहमा स्काउटको अधिकार आएसँगै यसको विस्तार र विकासमा अवसर र चुनौती उत्तिकै रहेको बताउनुभयो । उहाँले भावी दिनमा नगरभित्र रहेका सबै विद्यालयहरुमा स्काउट युनिट स्थापनाको लागि नगरपालिकाको योजना रहेको बताउनुभयो । महर्जनले नैतिक शिक्षा र अनुशासन सिकाउने मुख्य खम्बाको रुपमा स्काउटले भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा उपमेयर तथा स्थानीय स्काउटकी प्रमुख स्काउट मुना अधिकारीले नगर स्काउटको लागि नगरपालिकाको बन्दै गरेको नयाँ प्रशासकीय भवनमा स्काउटको लागि आवश्यक कोठा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको जानकारी दिनुभयो ।
राज्यको पुनर्संरचना र संघीयताको कार्यान्वयनसंगै स्वयंसेवा र विपद व्यवस्थापनको क्षेत्रमा परोपकारको काम गर्दै आएको नेपाल स्काउटको योगदान र अधिकार पनि स्थानीय तहसम्मै विस्तार भएको हो । स्काउटको विकासका लागि गोदावरीले यो आर्थिक वर्ष १५ लाख बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्